सांसदले १६ हजार ५ सय र मन्त्रीले १८ हजार लेबी बु्झाउनु पर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

सांसदले १६ हजार ५ सय र मन्त्रीले १८ हजार लेबी बु्झाउनु पर्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ । बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर पनि तय गरेको छ । निर्णय अनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूले १८ हजार रूपैयाँ लेबी बुझाउनुपर्नेछ ।

यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रूपैयाँ लेबी तोकिएको छ । भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही बराबरको लेबी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार