संसदीय समिति सभापतिमा मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

संसदीय समिति सभापतिमा मनोनयन दर्ता

काठमाडाैं ।  संसदीय समितिका सभापतिका लागि मनाेनयन दर्ता भएकाे छ । बिहीबार सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा उम्मेदवारी मनाेनयन दर्ता भएकाे हाे ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको थियाे। सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने र बाँकी समितिमा रास्वपाले उम्मेदवारी दिने गरी निर्णय भएकाे हाे ।

संघीय संसद्‍मा १६ संसदीय समिति छन् । प्रतिनिधि सभा अन्तर्गत दश र राष्ट्रिय सभा अन्तर्गत चारवटा समिति छन् । दुईवटा भने संयुक्त समिति रहेका छन् ।

कुन समितिमा कस्काे उम्मेदवारी ?

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति– आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल, नेपाली कांग्रेसका भरत खड्का

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी

Leave a Reply

ताजा समाचार