राजपाका सांसदले प्रतिमहिना १० हजार पार्टीलाई लेबी बुझाउनु पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजपाका सांसदले प्रतिमहिना १० हजार पार्टीलाई लेबी बुझाउनु पर्ने

money

काठमाडौं, २२ चैत । राष्ट्रिय जनता पार्टी, नेपालका संघीय संसदका सांसदहरुले पार्टीलाई प्रतिमहिना १० हजारका दरले लेबी बुझाउने भएका छन् ।

पार्टी संसदीय दलको बिहीबार बसेको पहिलो बैठकले संघीय संसदमा रहेका पार्टीका सांसदहरुले १० हजारको दरले लेबी बुझाउने निर्णय गरेको हो । पार्टी संसदीय दल सञ्चालन गर्नका लागि पार्टीका सांसदहरुले प्रतिमहिना १० हजारका दरले लेबी बुझाउने निर्णय गर्नु परेको नेता राजकिशोर यादवले जानकारी दिए ।

बैठकले पार्टीको विधान तयार पार्न नेता लक्ष्मण लाल कर्ण नेतृत्वको विधान मस्यौदा समिति पनि बनाएको छ । समितिले तयार परेको विधानको आधारमा पार्टी संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक चयन गर्ने योजना रहेको नेता यादवले बताए ।

संसदीय दल बैठकले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौंधरीलाई सपथ गराउन पनि माग गरेको छ । त्यसैगरी गत हप्ता रौतहट, सर्लाही लगायतका तराईका जिल्लाहरुमा असिना पानीले नष्ट गरेको बालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग पनि गरिएको छ ।

असिना पानीबाट भएको क्षतिको किसानहरुलाई उचित राहत दिन पनि दलको बैठकले सरकारसँग माग गरेको नेता यादवले बताए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका विषयले पनि प्रवेश पाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);