राजपाको महाधिवेशन आगामी वर्ष वैशाख ७ देखि ९ गतेसम्म हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी, नेपालको राष्ट्रिय महाधिवेशन आगामी बैशाख ७, ८ र ९ गते हुने भएको छ । पार्टीको राजनीतिक समितिको बुधबार सम्पन्न बैठकले पार्टीको राष्ट्रिय महाधिवेशनले आगामी बैशाख ७, ८ र ९ गते सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको हो ।

काठमाडाैँमा सम्पन्न बैठकले महाधिवेशनसम्मका लागि पार्टीलाई संचालन गर्न आवश्यक विधान निर्माणका लागि नेताहरु लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहेको विधान मस्यौदा समिति पनि गठन गरेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

बैठकले पार्टी संसदीय दलको विधान पनि पारित गरेको छ । संसदीय दलको नेताको निर्वाचन प्रयोजनका लागि दलको विधान पनि पारित गरिएको नेता यादवले बताए ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि