कांग्रेस संसदीय दलको विधान संशोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेस संसदीय दलको विधान संशोधन

कार्यसमितिले विधान स्वीकृत गरेपछि संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्ने

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसको संसदीय दलले विधान संशोधन गरेको छ । शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेस संसदीय दलको विधान परिमार्जन र संसोधन २०७४ लाई पारित गरि स्वीकृतीका लागि केन्द्रीय कार्य समितिमा पठाउने निर्णय गरेको हो ।

संसदीय दलको विधान २०७२ मा रहेको एक सदनात्मक व्यवस्थालाई परिमार्जन गरि दुई सदनको व्यवस्था अनुरुप समयानुकुल बनाईएको छ । त्यसैगरी संसदको आकार सानो भएकाले संसदीय दललाई सोही अनुसारको बनाउने विषयमा पनि संशोधन गरिएको छ ।

त्यसैगरी, संविधानले गरेको व्यवस्था अनुसार, कार्यसमितिलाई समावेशी बनाई एक तिहाई महिलाको उपस्थिति सुनिश्चित गर्ने गरि विधान संशोधन गरिएको छ ।

त्यसैगरी प्रत्येक प्रदेशले आफ्ना प्रतिनिधि चुनेर कार्यसमितिमा पठाउने, संसदीय दलमा राष्ट्रियसभा र प्रतिनिधि सभाको सदस्यले समान भुमिका निर्वाह गर्ने लगायत विषय संशोधन विधानमा राखिएको छ ।

संसदीय दलको नेता चयनमा भने प्रतिनिधि सभाका सदस्यहरुले मात्रै मतदान गर्ने व्यवस्था विधानमा गरिएको छ । केन्द्रीय कार्यसमितिले विधान स्वीकृत गरेपछि संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रपतिको कदम असंबैधानिक
बैठकले निर्वाचन सम्पन्न भएपछि राष्ट्रियसभा सदस्यका लागि सरकारले गरेको सिफारिस तत्कालै कार्यान्वयन नगरि नयाँ सरकार बन्ने वित्तिकै पुरानो फिर्ता गरेर नयाँ नियुक्ति गर्ने राष्ट्रपतिको कदमलाई असंबैधानिक ठहर गरेको छ । बैठकले पार्टी नेतृत्वको तात्कालिन सरकारले गरेको सिफारिसलाई नै कार्यान्वय गर्नुुपर्ने माग पनि गरेको छ ।

बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापुर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);