प्रदेश ६ को नाम 'कर्णाली' राजधानी 'सुर्खेत' | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

प्रदेश ६ को नाम ‘कर्णाली’ राजधानी ‘सुर्खेत’

सुर्खेत, १२ फागुन । प्रदेश नम्बर ६ को नाम ‘कर्णाली’ र राजधानी ‘सुर्खेतको वीरेन्द्रनगर’ कायम गरिएको छ । शनिबार प्रदेशसभा बैठकको बहुमतबाट ६ नम्बर प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव पारित गरिएको हो ।

प्रदेशको नाम ‘कर्णाली’ राख्न नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रस्ताव गरेका थिए भने नेपाली कांग्रेसका सचेतक दिनवन्धु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राप्रपाकी सोशीला शाहीले समर्थन गरेका थिए ।

यस्तै सुर्खेतको वीरेन्द्रनगरलाई स्थायी राजधानी बनाउनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए । एमाले सांसद अम्मरबहादुर शाही र माओवादी केन्द्रका सांसद नरेश भण्डारीले उक्त प्रस्तावमा समर्थन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);