प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने प्रस्ताव दुई तिहाइले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने प्रस्ताव दुई तिहाइले पारित

pradesh 3 rajdhani

काठमाडौं, २७ पुस । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती तोकिएको छ । प्रदेश सभामा आइतवार भएको मतदानमा राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको हो ।

मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता डोरमणि पौडेलले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ५ मत पयो । विपक्षमा जम्मा ३ सांसदले मतदान गरे । १ सय १० सदस्यीय प्रदेश सभामा १ सय ८ सांसद मतदानमा सहभागी भएका थिए ।

यसअघि विवेकशील नेपाली दलका रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाउनुपर्ने भनी दर्ता गरेको प्रस्ताव अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा जम्मा ३ मत पर्दा विपक्षमा १ सय १ सांसदले मतदान गरे । सो प्रस्तावमाथिको मतदानमा जम्मा १ सय ४ सांसद सहभागी भएका थिए ।

प्रमुख सत्तारुढ दल नेकपा केन्द्रीय सचिवालयको निर्देशन र प्रदेश संसदीय दलको निर्णयबमोजिम पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्ने प्रस्ताव दर्ता गराएका थिए । पार्टीभित्र तीव्र असन्तुष्टिका बावजुद् नेपका संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्यण गरेको थियो ।

यसअघि गण्डकी, कर्णाली र सुदूरपश्चिमले नामाकरण र राजधानी तोक्ने काम सम्पन्न गरिसकेका छन् । प्रदेश १, २ र ५ ले भने अझै पनि नामाकरण गर्ने काम र राजधानीको टुंगो लगाउन सकेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);