बैशाख ८ गते राजपाको राजनीतिक समितिको बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २१ चैत । राष्ट्रिय जनता पार्टी, नेपालले आगामी बैशाख ८ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबार बसेको पार्टी अध्यक्ष मण्डल बैठकले बैशाख ८ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाउने निर्णय गरेको हो । पार्टीको महाधिवेशनको तयारी गर्न राजनीतिक समितिको बैठक बोलाउने निर्णय गरिएको नेता अनिल झाले जानकारी दिए ।

पार्टीले बिहीबारबाट पार्टीको संसदीय दलको विधानबारे औपचारिक छलफल गर्ने निर्णय गरेको छ । पार्टी संसदीय दलको बिहीबारबाट बस्ने बैठकमा दलको विधान, नियमावली लगायतका विषयमा छलफल गर्ने एजेन्डा पनि तय गरिएको नेता झाले बताए । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टी प्रदेश सभा संसदीय दललाई पनि आवश्यक निर्देशन दिने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);