प्रदेश पाँचको प्रदेशसभा सदस्यमा कल्पना पाण्डेलाई नियुक्त गर्ने राजपाकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २२ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश पाँचको प्रदेशसभा सदस्यमा कल्पना पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार काठमाडौंमा बसेको अध्यक्ष मण्डल बैठकले पाण्डेलाई प्रदेश ५ को प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको हो ।

समानुपातिक तर्फबाट प्रदेश पाँचको प्रदेशसभा सदस्य छानिएकी विनु पन्तले स्वास्थ्य कारण देखाउँदै दिएको राजीनामा स्विकृत गर्दै पाण्डेलाई सो पदमा नियुक्त गर्ने निर्णय गरिएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए ।

पाण्डेलाई प्रदेशसभा सदस्यमा नियुक्त गर्ने पार्टीको निर्णय निर्वाचन आयोगलाई जानकारी गराउने पनि पार्टीले स्पष्ट पारेको छ ।

पार्टीको बुधबार बस्ने अध्यक्ष मण्डलको बैठकमा पार्टी महाधिवेशनको तयारी र विधान निर्माण तथा संसदीय दल गठनका विषयमा केन्द्रित हुनेछ । आगामी महाधिवेशनको तयारी र पार्टी संसदीय दल गठनका विषयमा आवश्यक निर्णय लिन भोली पनि अध्यक्ष मण्डलको बैठक बोलाइएको नेता महतोले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारी अन्तरगत गाउँदेखि केन्द्रसम्मका सबै तहको अधिवेशनको कामलाई अघि बढाउन राजनीतिक समितिको बैठक तत्काल बोलाउने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);