सांसद चौंधरीलाई तत्काल रिहाई गर्न राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २३ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गर्न सरकारलाई पुनः दवाव दिन सुरु गरेको छ ।

पार्टीको बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले ज्यान मार्ने अभियोग अन्तरगत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई दवाव दिएको हो ।

सांसद चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न पनि सरकारलाई पुनः दवाव दिनु परेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी, नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल गरिएको नेता यादवले बताए ।

बैठकमा पार्टी संसदीय दल विधान निर्माणका विषय पनि प्रवेश गराइएको छ । संसदीय दलको नेता चयन गर्ने प्रस्तावसहित दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता यादवले बताए ।

बैठक निरन्तर जारी रहने र आसन्न पार्टीको महाधिवेशनको तयारीका लागि आवश्यक निर्णय लिने पनि राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ । यसैबीच मंगलबार बसेको अध्यक्ष मण्डल बैठकले कल्पना पाण्डेलाई प्रदेश ५ प्रदेशसभा सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);