शुक्रबार संसद नियमावली संघीय संसदमा पेश हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

शुक्रबार संसद नियमावली संघीय संसदमा पेश हुने

sadan

काठमाडौं, २३ जेठ । सरकारले आगामी शुक्रबार संसद नियमावली संघीय संसदमा पेश गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पेश गर्ने जानकारी गराएका हुन् ।

उनले नियमावलीमाथि संशोधन हालेर बहुमतबाट पारित गराउने सांसदहरुको सार्वभौम अधिकार रहेको बताए । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार संसद नियमावली छिट्टै पारितहोस् भन्ने पक्षमा रहेको स्पष्ट पारे ।

सत्तापक्षकै सांसदहरुले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने अडान लिएपछि संघीय संसद नियमावली संघीय संसदमा पेश हुन सकेको छैन । मन्त्री तामाङले फौजदारी अभियोग लागेका सांसदलाई पूर्पक्षका लागि थुनामा राखेपछि उसको पद निलम्बन हुने कुरालाई अन्यथा ठान्न नहुने टिप्पणी गरे ।

यता, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले भने पुर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडान राख्दै आएका छन् । मन्त्री तामाङले संसद नियमावली आफ्नो प्रक्रियाबाट पारित हुने स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);