संविधान संशोधन गर्न राजपाले सरकारलाई दवाव दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संविधान संशोधन गर्न राजपाले सरकारलाई दवाव दिने

काठमाडौं, २४ असार । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टीको अध्यक्ष मण्डलको आईतबार बसेको बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दवाव दिने निर्णय गरेको हो ।

संविधान संशोधन गर्ने कि नगर्ने भनेर सरकारको ठोस धारणा माग गर्न भोली प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा टुंगोमा पुग्न पनि संविधान संशोधन गर्ने विषयमा सरकारको ठोस धारणा माग गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।

बैठकले संसद र संसदीय गतिविधिलाई समिक्षा गर्न सोमबार सिंहदरबारमा साँढे ११ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

त्यसैगरी पार्टीको भातृ संगठनहरुको नामाकरण गर्ने निर्णय पनि गरिएको नेता यादवले जानकारी दिए । राष्ट्रिय जनता पार्टी, नेपालले जिल्लाहरुमा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षहरुलाई सोमबार भित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ ।

जिल्लाका पार्टी संगठनहरुको रिक्त पद समेत पूर्ति गर्नेगरी पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरुलाई लिखित निर्देशन दिने निर्णय गरिएको पार्टीका नेता यादवले बताए ।

शनिबार सम्पन्न राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकले संविधान संशोधन गर्ने सहमति कार्यान्वयनका लागि सरकारलाई दवाव दिन नेतृत्वको ध्यानाकर्षण गराएको थियो । पार्टीले संविधान संशोधन नगरी सरकारमा नजाने अडान पनि राख्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);