प्रधानमन्त्रीले मलाई अपराधिलाई जस्तो व्यवहार गरे : उपकुलपति कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्रीले मलाई अपराधिलाई जस्तो व्यवहार गरे : उपकुलपति कोइराला

काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी ओलीले आफूलाई अपराधिजस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

उपकूलपति कोइरालाले आफूलाई क्यानडा जान विमानस्थल पुगेका बेला प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा फर्काउने काम भएको भन्दै आपत्ति जनाएका हुन् । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सिंगो प्राज्ञिक क्षेत्रकै अपमान गरेको आरोप लगाए ।

उनले आफूलाई अपमान गरेबाट कम्युनिष्टहरु संस्कृति र संस्कारको विरोधि भएको पुष्टि गरेको तर्क गरे । शनिबार अपरान्ह क्यानडा जान विमानस्थल पुगेका उपकूलपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो ।

उपकूलपति कोइरालाले आफू क्यानडा पिकनिकका लागि नभई विश्व संस्कृत सम्मेलनमा भाग लिन जान लागेको तर सरकारले रोकेर अपमान गरेको गुनासो गरे ।

उपकूलपति कोइरालाले वर्तमान सरकार सर्वसत्तावादी सोच अनुसार चलेको आरोप लगाए । उनले सबै माध्यामिक तहमा संस्कृत विषय पठनपाठन गराउन आफूले पटक–पटक गरेको आग्रहलाई पनि सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);