बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराउन सरकार सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराउन सरकार सक्रिय

rambahadur thapa

काठमाडौं, २४ असार । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराउन सरकार सक्रियताका साथ लागिरहेको बताएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा गृहमन्त्री थापाले बाढी, पहिरो र डुबान पीडितलाई राहत र उद्दार गर्न सरकार सचेत रहेको स्पष्ट पारे । गृहमन्त्री थापाले विपदमा परेका जनतालाई राहत उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भएको भन्दै त्यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताए ।

गृहमन्त्री थापाले द्वन्द्व कालका पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले सरकार मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन प्रतिवद्ध रहेको दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);