गोरखा फुजेलका अधिकारीको हत्या आरोपी छविलालद्वारा अदालतमा आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गोरखा फुजेलका अधिकारीको हत्या आरोपी छविलालद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं, २४ असार । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

आइतवार सर्बाेच्च अदालतमा हाजिर भए लगत्तै पौडेललाई डिल्ली बजार कारागार चलान गरिएको छ । द्वन्द्वकालमा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ बैशाखमा धरौटीमा छाडेको थियो ।

तर, पुनरावेदन अदालतले त्यसलाई सदर गरेको थियो भने सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरेको थियो । सर्वोच्चले २०७२ पुष ६ गते पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।

लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी गत जेठ १५ गतेदेखी वीर अस्पतालमा आमरण अनशन बसिरहेकी छिन् ।

यसअघि अनशनकै क्रममा उनका श्रीमान् नन्दप्रसादको निधन भइसकेको छ । गंगामायाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै मानव अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);