सर्वोच्चमा आत्मसमर्पण गरेका पूर्वआईजीपी रमेश चन्द जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सर्वोच्चमा आत्मसमर्पण गरेका पूर्वआईजीपी रमेश चन्द जेल चलान

काठमाडौं, १९ असार । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।  बिहीबार सर्वाेच्च अदालतमा हाजिर भएका चन्दलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

सुडानको डार्फरस्थित मिसनमा बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । उनले थुनामा नबसी सर्वोेच्च अदालतको फैसला पुनरावलोकनको सुनुवाई गर्न दिएको निवेदन पनि अस्विकृत भएको थियो ।

पूर्व प्रहरी महानिरीक्षकद्धय चन्द र हेमबहादुर गुरुङमाथि १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सर्वाेच्च अदालतले गरेको थियो । पूर्व प्रहरी महानिरीक्षक ठकुरीले खरिद सम्झौता विपरित समान पठाएकाले भ्रष्टाचारजन्य कसुर गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानवीन पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कूल २८ करोड ८१ लाख माग दावी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०६८ साल जेठ २४ गते दायर गरिएको सो मुद्दामा ३ पूर्व प्रहरी महानिरीक्षक, ३४ जना प्रहरी अधिकृतहरु र त्यसका ठेकेदार कम्पनी विरुद्ध सो मुद्दा दायर गरिएको थियो । चन्दलाई फैसला कार्यान्वयनका लागि बिहिवार नै डिल्ली बजार कारागार पठाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);