राष्ट्रिय सभामा बिनियोजन विधेयक माथिको छलफल सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रिय सभामा बिनियोजन विधेयक माथिको छलफल सकियो

Ganeshtimilsina

सम्बन्धित मन्त्रीले सांसदले उठाएका प्रश्नको शुक्रवारदेखि जवाफ दिने –

काठमाडौं, १९ असार । राष्ट्रियसभामा विनियोजन विधेयक २०७६ का विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयका लागि विनियोजन रकम तथा कार्यक्रम माथिको छलफल सकिएको हो ।

विनियोजन विधेयक २०७६ का विभिन्न शीर्षकमाथि भएको छलफलमा सांसदले उठाएको जिज्ञासाको शुक्रबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । सम्बन्धित मन्त्रीलाई जवाफ दिनका लागि यही असार २०, २२ र २३ गतेको दिन निर्धारण गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

बिहीवारको बैठकमा नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले बजेट कर्मकाण्डी र नीतिगत रुपमै गलत भएको जनाउँदै यसमा पुनरवलोकन गर्न सुझाव दिनुभयो ।

उहाँले बजेट विनियोजनको सैद्धान्तिक अवधारणा नै गलत भएको भन्दै देशको प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्ने बताउनु भयो । बैठकमा सत्तापक्ष र प्रतिपक्षका अन्य सांसदले समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात नगरी बजेट छुट्याएको गुनासो गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);