लुटपाट र आतंक जारी राखेमा विप्लव समुहले ठूलो क्षति व्यहोनुपर्ने सञ्चारमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

लुटपाट र आतंक जारी राखेमा विप्लव समुहले ठूलो क्षति व्यहोनुपर्ने सञ्चारमन्त्रीको चेतावनी

मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, १९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको समुह संगठित आतंवादी समुह भएको बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लब समुह आतंकवादी समुह नै भएको ठोकुवा गर्नुभएको हो । विप्लवका क्रियाकलाप जनतामा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “कुरा क्रान्तिकारी, परिणाम दक्षिण पन्थीहरुलाई टेवा पुर्याउने हो उहाँहरुको । दक्षिण पन्थीहरुको सेवा गरिरहेको छ विप्लब भन्ने आतंककारी समुहले । यो आतंकारी नै हो । अपराधिक नै हो संगठित रुपमा ।” उहाँले सरकारले वार्ता आव्हान गर्दा गर्दै अस्वीकार गरि हिंसा रोजेर विप्लव समुह उपयोगितावादी भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “उहाँहरु जम्मा जम्मी उपयोगिता वादी हो । अराजकतावादी हो । लुटेरा समुह हो । क्रमश संगठित आतंकवाद हो । सामाजिक फाँसिवाद पनि हो । त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन । चुनाव लड्ने हुती छैन । कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरिर मान्छेलाई दिनहुँ तर्साएर के हुन्छ ? त्यसकारण सरकार तर्सदैन ।”

सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उहाँले विप्लब समुहले नै वार्तालाई अस्वीकार गरि भागेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हामीले वार्ता पनि गर्यौ । वार्तालाई उहाँहरुले रुचाउनुभएन । अनुचित कार्य गर्दै हिड्नुभयो । गैह् संबैधानिक कार्य गर्दै हिड्नुभयो । त्यसो भएपछि नियन्त्रणमा लिने, निष्तेज गर्ने सरकारको काम हो । त्यसैले बल प्रयोग गरेको छैन सरकारले । उहाँहरुलाई फेरी पनि अनुरोध छ । हिंसाको उन्माद र रक्तपिपाशु मानसिकता नेपाली समाजले अस्वीकार गरेको छ है । थाहा पाउनु पर्यो । यो लुटपाटको धन्दा, आतंकको धन्दा जारी राखेमा । क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ । क्षति तर्फ नजाऊँ समय छ । आउनुहोस् छलफल गरौ।”

जनताको अधिकार प्राप्तीका लागि आवश्यक परिर्वतन भईसकेको भन्दै उहाँले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई जनताले स्वीकार नगर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “व्यक्ति व्यक्तिका अधिकार के के चाहिएको हो ? त्यो मनोगत आकांक्षाले हुँदैन । जनता सहमत हुनुपर्छ । जनताले हिंसालाई अस्वीकार गरेको हो । क्रान्तिको नाममा स्कुल बन्द ? वितण्डा । वितण्डा हो नि यो बाँकी के हो ? कुहिरी मण्डलमा हिंडेर आफै अरुलाई भ्रम पर्या छ भनठान्नु हुँदैन ।”

उहाँले दुई तिहाईको सरकार त्यत्तिकै नआएको र सरकारलाई के गर्नुपर्छ भन्ने राम्रो हेक्का भएको बताउनुभयो । उहाँले भन्नुभयो “दुई तिहाईको सरकार सिमलको भुवा होइन । यसो खस्ने कता जाने कता जाने टुंगो नभएको ।” उहाँले संगठित आतंककवाद तर्फ उन्मुख विप्लब समुहका क्रियाकलावलाई सरकारले छुट नदिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “वार्तामा नआउने । दाउपेच गर्दै आफुहरु माथि निगरानी छोड् भनीरहने । आफ्नो धन्दा गरिरहने हिंसाको निम्ती वातावरण तयार गरिरहने । धम्काउने, कमिसन माग्ने । ठेक्का पट्टा आदीलाई त्राहीमाम बनाउने । यो जंगली राज त चल्दैन । यो जंगली राजलाई छुट दिन सकिन्न । उहाँहरुले र्निदोष मान्छे मार्या क्रान्तिका लागि । कोही झुक्किएर पर्न भयो नियन्त्रणमा लिन खोज्दा खोज्दै भने त्यो चाही दमन ? त्यो हुँदैन । सङलेको वातावरण धमिल्याएर कसको सेवामा लाग्दै हुनुहुन्छ ? के प्राप्ती भन्नु पर्यो नि । के लडाउन दौड्या ?”

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);