प्रचण्डलाई ज्यान मार्ने धम्की : नेपालमा ठूला नेताको ज्यान कति खतरामा ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्डलाई ज्यान मार्ने धम्की : नेपालमा ठूला नेताको ज्यान कति खतरामा ? (भिडियोसहित)

prachanda

काठमाडौं, १ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफुलाई मार्ने षडयन्त्र भइरहेको बताएपछि नेपालमा ठुला नेताको ज्यान कति खतरामा छ भनेर प्रश्न उब्जिएको छ । नेपाल शान्त र सुरक्षित छ भनेर संसारभरका पर्यटकलाई नेपाल भित्रयाउन पहल भइरहेको बेलामा देशको पुर्वप्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की आएपछि यसले कस्तो अवस्था बनाउला?

नेपालमा समावेशी लोकतन्त्रले जनताको समस्या समाधान गर्न सक्दैन भनेर एकिकृत जनक्रान्ति गर्न हिंडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर उनलाइ ३५ दिन भित्र हतियार बुझाउन निर्देशन दिएकै दिन सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्रोही विप्लव विरुद्ध कडा आरोप लगाएका छन् ।

एमालेसंग पार्टी एकता गरेपछि लगभग पेरिसडाडाको पार्टी कार्यालय विरानो बनाएका अध्यक्ष दाहालले बिहिबार वाइसियल नेपालले शहिद तथा वेपत्ता परिवारको सम्मानमा आयोजना गरेको कार्यक्रममा भुमिगत आन्दोलन गर्न थालेका विप्लवले आफुलाइ मार्न टोली खटाएको रहस्य खोले । उनको यो रहस्योदघाटनसंगै नेपालमा साँच्चैै उनलाई सुरक्षा खतरा छ त ? भन्ने बहश प्रारम्भ भएको छ ।

अध्यक्ष दाहालले पार्टीका नेता, शहिद परिवारको सामुन्नेमा आफनो ज्यान खतरामा रहेको बताए । अध्यक्ष दाहालले यसो भन्दै आफुलाइ मारेर संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित रहन्छ भनेर प्रश्न समेत गरेका छन्।

दस बर्षसम्म ससस्त्र युद्ध गरेर शान्ति मार्गमा आएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उच्च सुरक्षा खतरा छ भन्ने विश्लेषणको आधारमा गृहमन्त्रालयले उनलाइ सुरक्षा ब्यवस्था मिलाएको छ । सरकारले विसं २०६६साल साउन ९ गतेको मन्त्रीपरिषद बैठकवाट नै निर्णय गरेर अध्यक्ष दाहाललाइ आवास देखि अन्य सुविधा समेत तोकेको छ भने उनी शान्तिपुर्ण राजनीतिमा आए देखि नै उच्च सुरक्षा समेत दिदै आएको छ ।

नेपालमा पुर्वप्रधानमन्त्री देखि पुर्वगृहमन्त्री सहित राजनीतिज्ञलाई सुरक्षा दिने गरिन्छ । सुरक्षा खतराको मुल्यांकन गरेर गृह मन्त्रालयले नेकपा अध्यक्ष दाहाललाइ सबैभन्दा धेरै २३ जना नेपाल प्रहरी, ४१ जना सशस्त्र प्रहरी सुरक्षाको लागि खटाएको छ । गृहले यति मात्र होइन सुरक्षाकर्मीको लागि एउटा निशान जिप, १५०लिटर तेल र चालक समेत दिएको छ ।

शान्तिपुर्ण राजनीतिमा आउनु अघि अध्यक्ष दाहाललाइ माओवादी कै लडाकुले सुरक्षा दिने गर्दथे । तर,राज्यले यति ठुलो सुरक्षा दिएरपनि २०६९सालमा भृकुटीमण्डपमा गरिएको चियापानमा पदम कुवरले अध्यक्ष दाहाललाई झापु हाने । यसपछि त झन उनी माथि सुरक्षा खतरा बढी रहेको मुल्यांकन गरियो । अहिले तिनै अध्यक्ष दाहालले विगतमा आफनै सचिवालयमा रहेर काम गरेका नेत्रविक्रम चन्दले आफुलाइ मार्न माइन्युट नै गरेको सुचना सरकारी संयन्त्र मार्फत थाह पाएको बताएका छन् ।

विप्लव नेतृत्वको नेकपालाइ प्रतिवन्ध लगाएकै साता अध्यक्ष दाहालले आफुलाइ सुरक्षा खतरा रहेको उदघोष गर्नु र सरकारले विप्लव समुह आपराधिक भयो भन्नुमा तालमेल देखिन्छ । जतिवेला अध्यक्ष दाहालले आफुलाइ मार्न षडयन्त्र भयो भनिरहदा सञ्चार मन्त्री गोकुल वास्कोटा भने विप्लव समुह अपराधमा लिप्त रहेको बताइरहेको थिए ।

सरकारले आपराधिक समुह भनेको र अध्यक्ष दाहालले ज्यान मार्ने योजना वुनेको भनेर आरोप लगाएको विप्लव समुह साच्चै प्रचण्डको लागि खतरा नै हो त ? कुनै बेला अध्यक्ष दाहाल र विप्लवसंगै रहेका डा.बाबुराम भटटराइले यसप्रकरणपछि सामाजिक सञ्जाल टिवटरमा लेख्दै दुवै नेता गलत बाटोमा रहेको बताए । उनले दुइ गलतको योगफल सही नहुने बताएका छन । अर्थात डा.भट्टराइले यो दन्तबझान संसदीय कम्युनिजम र उग्रपन्थी कम्युनिजम विचको रहेको बताएका छन् ।

अध्यक्ष दाहालले विप्लवले आफुुलाई मार्न टोली पठाइको बताइरहदा संगसंगै अब विप्लव प्रचण्ड बन्न नसक्ने समेत बताए । तर,विगतमा प्रचण्ड र विप्लव दुवैसंग समम विताएका सीपी गजुरेलका अनुसार प्रचण्ड बन्न विप्लव मात्र होइन कोही पनि चाहिरहेका छैनन् ।

सुरक्षा खतरा रहेकै कारण ठुलो मात्रामा सुरक्षाकर्मी साथ लिएर हिंडेका नेकपा अध्यक्ष दाहाललाइ साच्चै सुरक्षा खतरा छ ? वा उनले विप्लव माओवादीलाई प्रतिवन्ध लगाउनुको कारण पुष्टि गर्न मात्र यसो भनेका हुन ? वा राजनीतिक रुपमा जनताको सहानुभुति बटुल्न यसो भनेका होलान ? र, यदि सुरक्षा खतरा छ भने उनलाइ दिइएको सुरक्षाकर्मीहरु अध्यक्ष दाहालको सुरक्षा दिन काफी छन कि छैनन् ? र, यति ठुलो नेताले ज्यान खतरामा छ भने पछि अब आम मानिस कति सुरक्षित छन र नेपाल कति सुरक्षित स्थल भयो त ? गम्भीर सवाल खडा भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);