२५ भन्दा बढी निर्माण व्यवसायीलाई अज्ञात मोबाईल नम्बरबाट ज्यान मार्ने धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

२५ भन्दा बढी निर्माण व्यवसायीलाई अज्ञात मोबाईल नम्बरबाट ज्यान मार्ने धम्की

काठमाडौं, १७ बैशाख । निर्माण व्यवसायीहरुलाई अज्ञात मोबाईल नम्बरबाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चाँसो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिव लगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई अज्ञात मोबाईल नम्बरबाट ज्यान मार्ने धम्की आएको थियो । सो जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई गराउँदा समेत चाँसो नदिएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले दिनहुँ जसो आफूहरुमाथि पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की आउने गरेको बताउनु भयो । महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जीपछिरिङ लामा लगायतका निर्माण व्यवसायीहरुमाथि अज्ञात मोबाइल नम्बरबाट दैनिक पैसा नदिए ज्यान मार्ने धम्की आउने गरेको व्यवसायिले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा र सुरक्षा अंगका प्रमुखहरुलाई समेत यसबारेमा जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको महासंघले जनाएको छ । अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।

महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानीको व्यवस्था नगरेका कारण विकास, निर्माणको कामनै ठप्प हुने अवस्था आएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);