प्रदेश २ को सरकारले तराइ मधेसको हितमा काम गर्न सकेन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश २ को सरकारले तराइ मधेसको हितमा काम गर्न सकेन : प्रचण्ड

prachanda

ललितपुर, १७ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ सरकारले तराइ मधेशको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

मंगलवार ललितपुरको खुमलटारस्थित आफनै निवासमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले प्रदेश २ मा फोरम–राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए ।

अध्यक्ष दाहालले प्रदेश २ को सरकार जनताको हित अनुकुल नचलेको दाबी गरे । उनले ‘तराई मधेसमा कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बनेमात्रै त्यहाँको जनताको हितमा हुने उल्लेख गरे । उनले प्रदेश २ मा झन बढी भ्रष्ट्राचार र बेथिति देखिएको भन्दै नेकपाले चाहेमा तत्कालै सरकार बन्न सक्ने दाबी गरे ।

हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);