प्रेमीकाको बुबाको मोबाईल चोरेर योगी आदित्यनाथलाई मार्ने धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रेमीकाको बुबाको मोबाईल चोरेर योगी आदित्यनाथलाई मार्ने धम्की

एजेन्सी । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन् । लामो अनुसन्धान पछि मात्र युवकको पहिचान भएको हो । उक्त युवकले अरुकै मोबाइलबाट धम्की दिएकाले पत्ता लगाउन कठिन भएको हो ।

मुख्यमन्त्री आदित्यनाथलाई आफ्नी प्रेमिकाको बुबाको नम्बरबाट मार्ने धम्की दिएपछि एक १९ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले प्रहरीको ११२ इमर्जेन्सी नम्बरमा फोन गरेर योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की दिएका थिए । उनलाई बेगमपुरवाबाट पक्राउ गरिएको र कल गर्न प्रयोग गरिएको मोबाइल बरामद गरिएको छ ।
ती युवक र उनकी प्रमीकासँगको सम्बन्धबाट उनका बुबा खुसी थिएनन् । यहि कारण उनले यो षड्यन्त्र रचेका थिए ।

उनका प्रेमीकाको बुबा ई–रिक्सा चालक हुन् । उनलाई प्रहरीले सम्पर्क गरेको थियो । तर, उनले आफ्नो फोन १० दिन अघि चोरी भएको दाबी गरे । त्यसपछि मात्र ति युवकको पहिचान भएको थियो ।
युवकले करिब १० दिनअघि आफ्नी प्रेमिकाका बुवाको मोबाइल चोरेको र सिमकार्ड प्रयोग गरेर धम्की दिएको स्वीकार गरेको छन् ।

अमिनविरुद्ध तीनवटा आपराधिक मुद्दा दर्ता गरिएको छ, जसलाई बुधबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);