पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती हमला, १२ प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती हमला, १२ प्रहरीको मृत्यु

एजेन्सी, १३ वैशाख । पाकिस्तानको स्वात जिल्लाको काबल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भएको छ । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । प्रहरी चौकीमा दुईवटा विष्फोट हुँदा आगलागी भएको थियो ।

जनतालाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विष्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएको घटनास्थलमा उपस्थित मानिसहरुले बताएका छन् ।

डीपीओ स्वात शफिउल्लाहले यसलाई आतंकवादी हमला भनेका छन्। विस्फोटका कारण तीनवटा भवन भत्किएको उनले बताए । विष्फोट लगत्तै प्रहरी चौकीमा आगजनी गरिएको थियो । जसमा प्रहरीको जलेर मृत्यु भएको थियो । पाकिस्तानी सेनाले केही दिनदेखि उक्त क्षेत्रमा आतंकवादी विरुद्ध कारबाही गरिरहेको छ।

यद्यपी अर्का अधिकारी डीआईजी खालिद सोहेलले प्रहरी चौकीमा आत्मघाती हमला नभएको बताए । बरु स्टेशनको स्टोर रुममा हातहतियार राखिएको ठाउँमा विष्फोट भएको हो । कसैको लापरवाहीका कारण यस्तो भएको उनीहरुको आशंका छ ।

डनको रिपोर्टका अनुसार एक प्रहरी अधिकारी इमदादले प्रारम्भिक जानकारीले प्रहरी चौकी क्याम्पसमा राति ८ः२० मा विस्फोट भएको बताएको बताए। क्याम्पसमा काउन्टर टेररिज्म डिपार्टमेन्टको कार्यालय र मस्जिद पनि छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);