शान्ति प्रक्रियामा नआए विप्लब समुहको अस्तित्व नै समाप्त हुन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शान्ति प्रक्रियामा नआए विप्लब समुहको अस्तित्व नै समाप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २१ बैशाख । प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लब समुहको अस्तित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लब समुह नै समाप्त हुने बताउनुभएको हो ।

सरकाले पृथकतवादको अन्त्य गरेसंगै विप्लब समुहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा लागेको भन्दै उहाँले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समुह नै समाप्त हुने अवस्थामा पुग्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “पृथकतावाद अन्त्य भयो अब विप्लब समूहको नाममा मच्च्याईएको त्रासलाई पनि नियन्त्रण गर्छौ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।”

विप्लब समुहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी भित्रै पनि विरोध भएको स्मरण गर्दै उहाँले उनीहरुको क्रियाकलाप गैह्रकानुनी र असंबैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो “कतिपयले विप्लब समुहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाप अबैध, हानिकार, असंबैधानिक गैह्रकानुनी भएकाले जायज हुन सक्दैन । त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाईएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुँदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?”

नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उहाँले सांसदहरुलाई स्पष्टीकरण दिनुभयो । राष्ट्रपति पदको नामले नै सर्वोच्च पद भएको भन्दै उहाँले सरकार भन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबैभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको दाबी गर्नुभयो । मेरो सरकार अन्तर्राष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क गर्नुभयो ।

उहाँले सांसदहरुलाई राष्ट्रपतिका काम कर्तव्य र अधिकारबारे सविस्तार प्रशिक्षण नै दिनुभयो । संसदीय दलको बैठकमा सांसदहरुले नेताहरुको निर्देशन मात्रै नभई आफुहरुको पनि कुरा सुन्नुपर्ने र सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न माग गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);