बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टी विरुद्ध भ्रम फैलाउने काम भयाे : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टी विरुद्ध भ्रम फैलाउने काम भयाे : प्रधानमन्त्री

kp oli

महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेकाे प्रधानमन्त्री  भनाइ

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टी विरुद्ध भ्रम फैलाउने काम भएको बताउनुभएको छ । मंगलबार संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दे नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले धेरैले किनबेच गरिसकेपछि किनेका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेको बताउनुभयो ।

प्रधानामन्त्री ओलीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको भन्दै उहाँको बचाउ गर्नुभयो । उहाँले भन्नुभयो “२०६१ सालमा राजाको शासनका बेला, हाम्रो सरकारको बेला होइन, जमिन किन्नुभएको रहेछ । धेरैले किनबेच गरिसकेपछि थाहा नपाएर अरुले गरेको किनबेच त्यो हडपेको होइन । त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।”

उहाँले सरकारी सम्पत्ति जुनसुकैले हडपेको भएपनि सरकारले त्यो फिर्ता गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । बालुवाटारको जग्गा सरकारी पर्छ कि पर्दैन भन्ने समयक्रमले देखाउने भन्दै उहाँले सरकारले अतिक्रमण भएका सबै सार्वजनिक जग्गा फिर्ता ल्याउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको हो । अहिले सरकारविरुद्ध उल्टै प्रतिपक्षीहरु बोलिरहेका छन् । सरकारी सम्पत्ति जहाँसुकै जोसुकैले हडपेको भए पनि त्यो जमिन दृढतापूर्वक, कडाईका साथ फिर्ता ल्याईने छ । र फिर्ता ल्याउँदा कसलाई मर्का पर्छ हेरिने छैन ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध सरकार अझै कडा रुपले प्रस्तुत हुने बताउनुभयो । उहाँले वाईड वडी प्रकरण लगायत भ्रष्टाचारका काण्डहरुको सरकारले छानविन गर्ने र दोषीलाई अनुहार नहेरी कारवाही गर्ने बताउनुभयो ।

सरकारी र सार्वजनिक जग्गा हडप्न नदिने अभियानमा लागेको सरकारले खुला मञ्चको टहरा भत्काएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “भृकुटीमण्डप हामीले बेचेको हो ? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो ? हामीले त्यहाँका टहरा भत्काएका छौ । सरकारी जमिन फिर्ता पनि ल्याएका छौ ।”

विप्लब समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता नहुने

प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा तथा अमनचैनमा खलल पर्ने गरी बम पड्काउने तथा आतंक फैलाउने कुनै पनि काम हुन नदिने भन्दै घुमाउरो शैलीमा नेत्र विक्रम चन्द विप्लब समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता नहुने संकेत गर्नुभयो । उहाँले सरकार गठनको एक बर्षमा विकास र सम्मृद्धिका लागि आधार तय गरिसकेकाले मुलुक अब सम्मृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

विगतको सरकारको समयमा भन्दा आफ्नो नेतृत्वको सरकारको समयमा मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत भएको उहाँले दावी गर्नुभयो । उहाँले अधिकारकर्मीहरुले निर्मला पन्तका परिवारलाई अनावश्यक दबाब दिने काम गरेको टिप्पणी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);