बालुवाटार जग्गा प्रकरण ‘दोषीलाई कारबाही हुन्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बालुवाटार जग्गा प्रकरण ‘दोषीलाई कारबाही हुन्छ’

pm oli

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गाको बारेमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारको जग्गा प्रकरणमा पार्टी र सरकारलाई अनावश्यक रूपमा बदनाम गराइरहेको भन्दै उहाँले यसमा जोसुकै दोषी होस्, कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयो । बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जग्गा फिर्ता गराउने आफ्नो पहल हुने छ तर त्यसमा कसैको नाफा–नोक्सान नहेरिने स्पष्ट पार्नुभयो ।
बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य अञ्जना विशङ्खेले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै पार्टीका महासचिव विष्णु पौडेललाई विपक्षीहरूले अनावश्यक मुछेको र उहाँ कुनै पदमा नहुँदाको बखत त्यो जग्गा लिनुभएको हो तर अहिले आएर अनावश्यक रूपमा बदनाम गराउने गरेको बताउनुभयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले बालुवाटार जग्गा, वाइड बडी र हायात होटल प्रकारणमा पार्टी र सरकारलाई जबरजस्ती मुछ्ने काम भएको टिप्पणी गर्नुभयो । साथै उहाँले नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)लाई सुध्रिएर आउन आग्रह गर्नुभयो ।
हत्या, हिंसा, डर, त्रास त्यागेर आए विप्लव समूहलाई सरकारले आममाफी दिन सक्छ तर यथास्थितिमा पार्टीका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फुकुवा नगर्ने उहाँले बताउनुभयो ।  यो समाचार आजको गोरखा पत्रमा लेखेको छ ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जनतामा त्रास फैलाउने, बम पड्काउने दललाई कुनै प्रकारको छुट दिइने छैन र सरकारले त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने चेतावनी दिनुभयो । नेकपा नेतृत्वको सरकारले एक वर्षको अवधिमा थुप्रै काम गरेको तर त्यसबारे जनतालाई जानकारी गराउन नसकेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको कामको बारेमा प्रचारप्रसार गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);