धुम्बाराही बैठकमा प्रधानमन्त्री ओलीको त्यो रित्तो कुर्सीको अर्थ ! | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

धुम्बाराही बैठकमा प्रधानमन्त्री ओलीको त्यो रित्तो कुर्सीको अर्थ !

ईमाउन्टेन टिप्पणी
काठमाडौ, २१ मंसिर ।
नेकपा स्थायी समितिको आइतबार बसेको बैठकमा एउटा मार्मिक दृष्य देखियो । त्यो थियो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको रित्तो कुर्सी । ४४ सदस्यीय स्थायी समितिको बैठक सुरु हुँदा अर्का अध्यक्ष प्रचण्डको दायाँं तिर देखियो त्यो रित्तो कुर्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा औपचारिक र अनौपचारिक छलफल गरेर बैठक पछि राखौं भन्ने प्रस्ताव गर्नुभएको थियो । तर बहुमत र अल्पतको जुहारीमा मस्त समूहको जोडबलमा आईतबार नै पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक आयोजना भएको हो । नेपालको ईतिहासमा मनमोहन अधिकारीको निधनपछि पार्टी कार्यलयमा तत्कालीन एमालेले ५ वर्ष उनको खाली कुर्सी राखेको थियो । तर आइतबार प्रधानमन्त्री ओली बालुवाटारमा व्यस्त रहँदा धुम्बाराहीमा उहाँको कुर्सी खाली राखियो ।

धुम्बाराहीको एउटा कुर्सी खाली हुनु सामान्य विषय होइन । यसको गहिरो अर्थ समेत छ । त्यो अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कुर्सी थिएन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्दाको एउटा पक्ष थियो । त्यो कुर्सी एउटा थियो । तर त्यो कुर्सीले नेकपाको ६० प्रतिशत हिस्साको प्रतिनिधित्व समेत गरेको थियो । आइतबार धुम्बाराहीमा बसेको त्यो बैठक पूर्णता थिएन । त्यसैले स्थायी समितिको बैठक पनि पूर्णता थिएन । त्यो रित्तो कुर्सीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नभरिएसम्म नेकपाका कुनै निर्णय पूर्णता हुने संभावना छैन ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बन्दा त्यसको अन्तरिम विधानमा दुबै अध्यक्षको सहमतिमा बैठकमा प्रस्ताव ल्याउने उल्लेख छ । तर त्यसको कदर कार्यकारी अध्यक्षबाट भएन । त्यसको विपरित कार्यकारी अध्यक्ष प्रचण्डले अलग्गै प्रस्ताव ल्याएको परिणाम थियो धुम्बाराही बैठकमा प्रधानमन्त्री ओलीको रित्तो कुर्सी ।

यद्यपी प्रधानमन्त्री ओली आइतबारको बैठकमा अन्तिम समयसम्म जाने मुडमा रहेको बालुवाटार स्रोतले जानकारी दिएको थियो । तर धुम्बाराहीमा रहेको बैठक हल सानो भएको र सो हलको निमर्लीकरण समेत नगरिएकाले कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीले बैठकमा जाने कार्यक्रम रद्द गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);