सांसदहरुमा हाजिर गरेर बैठकबाट भाग्ने प्रवृत्ति मौलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सांसदहरुमा हाजिर गरेर बैठकबाट भाग्ने प्रवृत्ति मौलायो

samsadh parlyament

काठमाडौं, १२ जेठ । प्रतिनिधि सभाका सांसदहरुमा काम छोडी हाजिर गरेर भाग्ने प्रवृत्ति बढेको छ । सांसदहरुमा हाजिर गरेर भाग्ने प्रवृत्ति बढ्दा प्रतिनिधि सभाको बैठक कक्ष रित्तो जस्तै देखिएको छ ।

सांसदहरु भाग्दा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल निकै टीठ लाग्दो देखिएको छ । सांसद् बैठक छोडेर हिंडदा छलफल औपचारिकतामा सीमित भएपछि सभामुख कृष्णबहादुर महराले सांसद र सरकारका मन्त्रीहरुलाई बैठकमा बस्न रुलिङ गरेका छन् ।

सभामुख महराले शुक्रबार रुलिङ गर्दाका बखत पनि बैठक कक्षका अधिकांश कुर्सी खाली थिए । सांसद्हरुले हाजिर गरेपछि अलग्गै भत्ता पाउने  गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि जवाफ दिने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);