काठमाडौं, १८ असार । सभामुख कृष्णबहादुर महराको सांसदहरुले शुन्य र विशेष समयमा उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सभामुख महराले सरकारका मन्त्रीहरुलाई सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन् । संसद्को कार्यसञ्चालन नियमावलीमा सांसदहरुले शुन्य र विषेश समयमा उठाएका प्रश्नमा मन्त्रीहरुले ५ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था छ ।
सांसदहरुले शुन्य र विशेष समयमा आम जनताले भोग्नुपरेका समस्या उठाउँदै आएपनि मन्त्रीहरुले जवाफ दिएका छैनन् । मन्त्रीहरुले जवाफ नदिएको विषयमा पनि सांसदहरुले प्रश्न उठाउँदै आएका छन् ।