गम्भीर भएर जवाफ दिन सरकारकाे ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गम्भीर भएर जवाफ दिन सरकारकाे ध्यानाकर्षण

Ganesh-Timalsina

काठमाडौं, २७ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको विभिन्न समयमा सदस्यहरुले उठाएको विषयवस्तुप्रति गम्भीर भएर जवाफ दिन सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको शुन्य समय, विशेष समयमा उठाएका विषयवस्तुप्रति गम्भीर बनी समयमै सम्बोधन गर्न सम्बन्धीत मन्त्रीहरुलाई रुलिङ गरेका थिए ।

बैठकमा बोल्ने सदस्यहरुले कञ्चनपुरकी निर्मला पन्तको हत्या लगायत मुलुकभरका हत्याका घटना एवं समसामयिक विषयमा बारम्बार सरकार र सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराए पनि त्यसबारे बैठकलाई जानकारी नगराईएको भन्दै सभामुखसमक्ष सरकारलाई रुलिङ गर्न आग्रह गरेका थिए ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठकमा उठेका सवालप्रति जिम्मेवार बन्दै समयमै सम्बोधन गर्न सम्बन्धीत मन्त्रीहरुलाई रुलिङ गरेका थिए । संघीय संसद बैठकमा उठेका विषयमा सरकार संवेदनशील नभएको भन्दै सांसदहरुले दैनिकजसो सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);