बौद्धमार्गी आफ्नै धर्मगुरुबाट ठगिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बौद्धमार्गी आफ्नै धर्मगुरुबाट ठगिए

काठमाडौं, २६ भदौ । थाइल्याण्ड भ्रमण गराइदिने भन्दै बुद्ध धर्मगुरुले पैसा उठाएर २ महिना देखि झुलाएपछि झण्डै ५ सय जना नेपाली बौद्धमार्गीहरु पीडित बनेका छन् ।

विश्व शान्ति पुजाका लागि थाइल्याण्ड पुग्ने आशामा विभिन्न जिल्लाबाट काठमाडौँ आइपुगेका बौद्धमार्गीहरु अहिले आफ्नै धर्मगुरुबाट पीडित बनेका हुन् ।

बौद्धमार्गीहरुको उल्लेख्य बसोबास रहेको थाइल्याण्डमा अहिले विश्व शान्ति पुजा चलिरहेको छ । भदौ २२ गतेबाट सुरु भएको उक्त पुजा एक हप्तासम्म चलिरहेको छ । त्यही पुजामा सहभागी गराउने भन्दै काठमाडौं स्थीत बुढानिलकण्ठको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा व्यवस्थापन समितिले नेपाली बौद्ध मार्गिहरुलाई थाइल्याण्ड यात्राको आश्वासन दिएका थिए ।

झण्डै ५ सय नेपाली बौद्धमार्गीहरुले समितिको प्याकेज भ्रमण बापत थाइल्याण्ड जान २५ हजार देखि ३५ हजार रुपैयाँसम्म सो समितिलाई बुझाएका थिए ।

साउन २३ गते नै थाइल्याण्ड उडाइदिने समितिको आश्वासन थियो तर पुजा सकिन २ दिन मात्रै बाँकी छँदा पनि उड्न नपाएपछि अहिले बौद्धमार्गीहरु आक्रोशित बनेका छन् ।

आज उडाइदिन्छु, भोली उडाइदिन्छु भन्दै यात्रुहरुलाई हरेक दिन समितिले आश्वासन दिने गरेको छ । थाइल्याण्ड उड्ने आशमा लगेज लिएर बसिरहेका बौद्धमार्गीहरुले समितिका प्रमुख धर्मगुरुले आफुहरुमाथी ठुलो अपराध गरेको बताउँछन् ।

थाइल्याण्ड जान अधिकांश मानिस लमजुङ, गोरखा, धादिङ, नुवाकोट, ओखलढुंगा, सोलुखुम्बु लगायतका जिल्लाबाट आएका छन् । भोली नै उडाइदिने भन्दै दुई हप्ता पहिले नै राजधानी बोलाएर बेवारिसे बनाएको पीडितहरुको गुनासो छ ।

पीडितहरुको आक्रोश थेग्न नसकेपछि समितिका पदाधिकारी समेत कार्यलयमा आउन छाडेका छन् । समितिका प्रमुख गुरु भनिएका माइला तामाङ केही दिन अघि नै थाइल्याण्ड उडिसकेका छन् ।

उनका व्यवस्थापक खाण्डु शेर्पा यात्रुलाई उडाउने तयारीमा रहेको भन्दै कार्यालय बाहिरै बसेर काम गर्ने गरेका छन् । यता पीडित भने बौद्धमार्गीको गुरु नै ठगीमा लागेपछि दुःख लागेको भन्दै चिन्तीत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);