पुस २६ गते ओली स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पुस २६ गते ओली स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने

काठमाडौं, २१ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने भएका छन् ।

ओली नियमित परिक्षणका लागि पुस २६ गते थाइल्याण्ड प्रस्थान गर्न लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । मृगौला प्रत्यारोपण गरेका ओली नियमित रूपमा स्वास्थ्य परिक्षण गर्न ६-६ महिनामा थाइल्याण्ड जाने गरेका छन् ।

ओली यसअघि गत भदौ १४ गते उपचारका लागि थाइल्याण्ड गएका थिए । स्वास्थ्यमा समस्या आएपछि ओली केही दिन यता भक्तपुरको बालकोटस्थित निवासमै आराम गरिरहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);