कांग्रेसका कारण निर्वाचनमा पराजय भोग्नु परेको राप्रपाको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसका कारण निर्वाचनमा पराजय भोग्नु परेको राप्रपाको निष्कर्ष

काठमाडौं, २१ पुस । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा हार व्यहोर्नुको दोष नेपाली काँग्रेसमाथि थोपरिदिएको छ । निर्वाचनपछि पहिलो पटक बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले निर्वाचनमा अकल्पनीय एवम् निराशाजनक हार व्यहोर्नु परेको निष्कर्ष निकाल्दै त्यसको दोष नेपाली काँग्रेसमाथि थोपरिदिएको हो ।

३ दिनदेखि काठमाडौंमा जारी पार्टी केन्द्रिय कार्य समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रभावकारी नभएका कारण निर्वाचनमा निराशाजनक हार व्यहोर्नु परेको निष्कर्ष निकालिएको जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रवादी र हिन्दु राष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउने गरी पार्टी विभाजन गर्नुलाई निर्वाचनमा पराजय हुनुको मुख्य कारणको रुपमा औंल्याएको छ ।

अध्यक्ष थापाले काँग्रेस नेतृत्वको सरकारमा सहभागी हुनुको कारण बारे जनतालाई बुझाउन नसक्नु, कार्यकर्ताको भावना अनुसार पार्टी संचालन गर्न नसक्नुलाई पनि पार्टी पराजयको कारणको रुपमा व्याख्या गरेका छन् ।

अध्यक्ष थापाले पार्टीले निर्वाचनमा हार व्यहोरेपनि आफ्नो राजीनामा भने नमागेको स्पष्ट पारेका छन् । बैठकले पुस २७ गते पृथ्वी जयन्तिलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने पार्टीको माग सम्बोधन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद समेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);