वाम गठबन्धनबीचको सहकार्यले हार व्यहोर्नु पर्यो : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

काठमाडौं, २६ मंसिर । काँग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ ।

काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले संविधान निर्माणको समेत नेतृत्व लिएको नेपाली काँग्रेसले आम मतदातालाई बुझाउन नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वाम गठबन्धनबीचको सहकार्यले पनि निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षित पराजय भोग्नु परेको बताए ।

काँग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग, नेपाल सरकार र सम्वद्ध सबै पक्षलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);