निर्वाचनमा पराजय हुनुको मुख्य कारण पार्टी विभाजन : राप्रपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

निर्वाचनमा पराजय हुनुको मुख्य कारण पार्टी विभाजन : राप्रपा

काठमाडौं, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पार्टीमा विभाजन आएकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको औंल्याएका छन । बुधबारबाट सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको बैठकमा निर्वाचनबारे समिक्षा गर्दै उनीहरुले निर्वाचनमा पराजय हुनुको मुख्य कारण पार्टी विभाजन नै रहेको बताएका हुन ।

काठमाडौंमा जारी बैठकमा बोल्दै पार्टीका महामन्त्री एवम प्रतिनिधिसभाबाट निर्वाचित पार्टीका एक मात्रै सांसद राजेन्द्र लिङदेनले पनि आन्तरिक कमि कमजोरीकै कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको स्विकार गरेका छन् । उनले पार्टी नेतृत्वकै कारण निर्वाचनमा हार व्यहोरेको भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

पार्टीका केन्द्रिय सदस्य महेशलाल महासेठले निर्वाचनको मुखमा पार्टी विभाजन भएकाले निर्वाचनमा हार व्यहोर्नु परेको बताए । उनले काँग्रेससँग समिकरण गरेर निर्वाचनमा जानुलाई पनि हारको अर्काे कारण रहेको दावी गरे ।

अर्का केन्द्रिय सदस्य ठाकुरसिंह थारुले पनि पार्टी विभाजनकै कारण निर्वाचनमा अनपेक्षित पराजय व्यहोर्नु परेको बताए । उनले लक्ष्य अनुसार काम गर्न नसकेका कारण पार्टीले हार व्यहोर्नु परेको बताए ।

बुधबार बैठकको सुरुमै अध्यक्ष कमल थापाले पार्टीले निर्वाचनमा हार व्यहोरे पनि एजेन्डाको जित भएको दावी सहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनमाथि बिहीबार पनि छलफल जारी छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीकै कमीकमजोरीका कारण निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकाल्दै पार्टीलाई सशक्त बनाउन आगामी फागुनमा पार्टीको केन्द्रिय परिषद बैठक बोलाउने तयारी गरेको छ ।

शुक्रबार सम्पन्न हुने बैठकमा महामन्त्री जयन्त चन्दले पार्टीको सांगठनिक र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूचि समेत तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);