तत्काल नयाँ सरकार गठन हुने अवस्था छैन : खड्का | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तत्काल नयाँ सरकार गठन हुने अवस्था छैन : खड्का

काठमाडौं, २० पुस । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले तत्काल नयाँ सरकार गठन हुने अवस्था नरहेको बताएका छन् । नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न वाम गठबन्धनले दवाव दिईरहेका बेला काँग्रेस नेता खड्काले तत्काल नयाँ सरकार गठन गर्न सकिने अवस्था नरहेको बताएका हुन् ।

बिहीबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मात्रै संघीय संसदले पूर्णता पाउने र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने उनले स्पष्ट पारे ।

काँग्रेस नेता खड्काले सरकारले संवैधानिक व्यवस्था अनुसार आफ्नो काम गर्दै जाने बताए । उनले प्रदेश प्रमुखको नियुक्ती गर्ने छुट सरकारलाई संविधानले नै दिएकाले त्यसको विरोध नगर्न पनि एमाले नेतृत्वसँग आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);