पार्टी एकता र सरकार गठन प्रक्रिया सँगसँगै : नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

पार्टी एकता र सरकार गठन प्रक्रिया सँगसँगै : नेपाल

काठमाडौं, १२ पुस । नेकपा एमालेका नेता माधव कुमार नेपालले सरकार गठन र पार्टी एकता कार्यक्रम सँगसँगै हुने बताएका छन् । नेता नेपालले वाम गठबन्धनभित्र कुनै मतभेद नभएको स्पष्ट पारेका छन् ।

पार्टी एकता र सरकार गठनमा भागबण्डा नमिल्दा गठबन्धनभित्र खटपट सुरु भएको भन्ने हल्लाकाबीच एमाले नेता नेपालले गठबन्धनभित्रको एकता कायमै रहेको बताएका हुन् ।

काठमाडौँमा बुधवार आयोजित एक कार्यक्रममा नेता नेपालले जनभावना अनुसार एमाले र माओवादीबीच पार्टी एकता हुने बताए । पार्टी एकतामा आशंका नगर्न उनले आग्रह गरे ।

नेता नेपालले जनादेश अनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);