६ बुँदे माग सम्बोधन भए पार्टी एकता सम्भव छ : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

६ बुँदे माग सम्बोधन भए पार्टी एकता सम्भव छ : नेता नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ६ बुँदे माग कार्यान्वयन भए पार्टी एकता अझै सम्भव रहेको बताएका छन् । बुधबार आयोजना गरिएको जनसंगठनहरूको भर्चुअल बैठकमा संवोधन गर्दे नेता नेपालले आफूले राख्दै आएको ६ बुँदे मागको संवोधन भए पार्टी एकता हुनेमा कुनै दुई मत नभएको नेता नेपालले बताएका हुन् ।

बैठकमा बोल्दै नेता नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताए । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना नदेखिएको भन्दै नेता नेपालले अबको विकल्प बारे पनि सोच्न आफूहरु वाध्य भएको बताएका छन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले नेपालले जानकारी दिएका छन् । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको नाटकिय मञ्चन गर्ने गरेको नेता नेपालको भनाई रहेको थियो ।

बैठकमा सहभागिता जनाउने सवै नेताहरुले आफूहरु पार्टी एकता गर्न आतुर रहेको भन्दै पार्टी एकता गर्नमा अलमल गर्न नहुने तर्क गरेका छन् । जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताहरुले सुझाव दिएका छन् ।

तर वार्ताको नाममा धेरै अलमल गरिन नहुने जनसंगठनका नेताहरुको भनाइ थियो । बैठकले जनसंगठनका नेताहरुले संयुक्त वक्तव्य जारी गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);