सरकार गठनमा अवरोध नगर्न काँग्रेसलाई नेपालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सरकार गठनमा अवरोध नगर्न काँग्रेसलाई नेपालको आग्रह

काठमाडौं, १९ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठन प्रक्रियामा अवरोध नगर्न सत्तारुढ काँग्रेसलाई सचेत गराएका छन् ।

वरिष्ठ नेता नेपालले ५ वर्ष चुप लागेर प्रतिपक्षमा बसी सरकारलाई रचनात्मक सुझाव दिन पनि काँग्रेस नेतृत्वलाई सुझाव दिएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनादेश अनुसार नयाँ सरकार गठन प्रक्रियामा काँग्रेसले अवरोध गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले बाम गठबन्धन तोड्ने प्रयास नगर्न पनि काँग्रेस नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

एमाले वरिष्ठ नेता नेपालले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई गर्न नहुनेमा पनि जोड दिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनु स्वभाविकै हुने टिप्पणी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);