निर्वाचनमा पार्टी पराजय हुनुको नैतिक जिम्मेवारी मै लिन्छु : थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्वाचनमा पार्टी पराजय हुनुको नैतिक जिम्मेवारी मै लिन्छु : थापा

Kamal-Thapa-

काठमाडौं, १९ पुस । राप्रपाका अध्यक्ष कमल थापाले निर्वाचनमा पार्टी पराजय हुनुको नैतिक जिम्मेवारी आफूले लिएको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रिय कार्य समिति बैठकमा अध्यक्ष थापाले पराजयको जिम्मेवारी आफूले लिएको बताएका हुन् ।

बैठकमा अध्यक्ष थापाले निर्वाचनमा पार्टीको पराजयको कारण र आगामी रणनीतिबारेमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ३ दिनसम्म चल्ने बैठकमा निर्वाचनको समिक्षा र आगामी रणनीति तय हुने सहायक प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठकमा महामन्त्री जयन्त चन्दले पार्टीको संगठनात्मक र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);