नयाँ सरकार गठन अवरोध नगर्न कांग्रेसलाई चेतावनी :माधवकुमार नेपाल | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

नयाँ सरकार गठन अवरोध नगर्न कांग्रेसलाई चेतावनी :माधवकुमार नेपाल

काठमाडौं, २० पुष । नेकपा एमालेका नेता माधवकुमार नेपालले नयाँ सरकार गठन प्रक्रियामा अवरोध नगर्न कांग्रेसलाई चेतावनी दिनु भएको छ ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता नेपालले ५ वर्ष प्रतिपक्षमा बस्न कांग्रेसलाई सुझाव दिनुभयो । नेता नेपालले जनादेश अनुसार नयाँ सरकार गठन प्रक्रियामा कांग्रेसले अवरोध गरेको आरोप लगाउनुभयो ।कांग्रेसले वाम गठबन्धन तोड्ने प्रयास गरेको भन्दै नेता नेपालले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनु स्वभाविकै हुने बताउनुभयो ।

ताजा समाचार