काँग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काँग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपालको आग्रह

madhav kumar nepal

‘मनमोहन अधिकारी नामको अस्पताल रहनै नदिने र विपी कोइराला नामको अस्पताल हुनैपर्ने वरिष्ठ चिकित्सक केसीले माग गर्नुको कारण के हो’

काठमाडौं, २२ असार । नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता नेपालले मुलुकलाई अस्तव्यस्त बनाउने खालका गतिविधिमा काँग्रेस अग्रसर भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । उनले मुलुकमा विद्यमान गरिवी, अभाव र पछौटेपन हटाउने काममा सरकारसँग मिलेर अघि बढ्न पनि काँग्रेसलाई सुझाव दिए ।

सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढनुपर्नेमा वरिष्ठ नेता नेपालको जोड छ । शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले काँग्रेसले सरकारलाई कामै गर्न नदिने खालका गतिविधि गरिरहेको आरोप लगाए ।

वरिष्ठ नेता नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग रहस्यमय भएको टिप्पणी गरे । मनमोहन अधिकारी नामको अस्पताल रहनै नदिने र विपी कोइराला नामको अस्पताल हुनैपर्ने वरिष्ठ चिकित्सक केसीले माग गर्नुको कारण के हो भनि प्रश्न गरे ।

 

 

 

 

 

 

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);