राष्ट्र निर्माणको अभियानमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राष्ट्र निर्माणको अभियानमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

kp oli pm

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीहरुले पनि मुलुकको विकास र सुशासनको महाअभियानमा इमान्दारिताका साथ सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई विकास र सुशासनको बाटोमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मुलुकको विकास र सुशासन नै सरकारको मुख्य लक्ष्य भएको उल्लेख गरे । पाँच वर्ष भित्र मुलुकले विकासको बाटो लिने प्रधानमन्त्री ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले तराईमा देखिएको डुबानको समस्या समाधान गर्न सरकार लागि परेको बताए । उनले नेपालमा डुबान हुन नदिन भारत सरकारले इमान्दार प्रयास गरिरहेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);