ओली सरकारको कामप्रति माधव नेपालको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओली सरकारको कामप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । वरिष्ठ नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । आईतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ कुराकानी गर्दै उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता औंल्याए ।

वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनाएजेन्डा आन्दोलन सुरु गरेको भन्दै आपत्ति जनाए । उनले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर काँग्रेसले आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई जनताले सकारात्मक रुपमा लिन नसक्ने दावी गरे ।

वरिष्ठ नेता नेपालले काँग्रेसलाई भ्रष्टाचार नियन्त्रण र मुलुकको सुशासनका लागि सरकारलाई सचेत गराउने अभियानमा लाग्न पनि आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);