सरकारको कार्यशैलीप्रति माधव नेपाल असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सरकारको कार्यशैलीप्रति माधव नेपाल असन्तुष्ट

madhav kumar nepal

काठमाडौं, २७ वैशाख । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

वरिष्ठ नेता नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बिहीबार बंगलादेश दुतावासले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार सुशासन कायम गर्ने कुरामा पनि कमजोर देखिएको टिप्पणी गरे ।

नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोचको भने अभाव रहेको स्मरण गराए । उनले सरकारले मुलुकमा रहेको स्रोतलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अवसर गुमाउन नहुने स्पष्ट पारे ।

वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए । नेपाल र बंगलादेश बीचको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);