मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेको भन्दै पूर्वगभर्नरहरुको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेको भन्दै पूर्वगभर्नरहरुको असन्तुष्टि

काठमाडौं । पूर्वगभर्नरहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन् ।

नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरद्धय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले कोभिड–१९ ले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आए पनि साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व गभर्नर नेपालले भारत सरकारले किसानहरुलाई राहत स्वरुप नगद वितरण गरेको दृष्टान्त पेश गर्दै नेपालमा किन त्यसो हुन नसकेको भनि प्रश्न गरे ।

अर्का पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले गत वर्ष पनि कोभिड राहत प्याकेजको व्यवस्था गरेपनि नियमावली समेत बन्न नसकेका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने चुनौती रहेको स्पष्ट पारे ।

पूर्वगभर्नर क्षेत्रीले लगानी कोभिड प्रभावित क्षेत्रमा गर्ने भनेर नीति सार्वजनिक हुने तर त्यसको प्रतिफल लक्षित समूहले नपाउने अवस्थाको अन्त्य गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);