सानिमा लाइफ इन्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट, २० लाख आवेदकको हात खाली | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सानिमा लाइफ इन्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट, २० लाख आवेदकको हात खाली

काठमाडौं । सानिमा लाइफ इन्योरेन्स लिमिटेडको प्राथमिक शेयर आईपीओ शनिबार बाँडफाँट गरिएको छ ।

साउन २० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ शनिबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीका अनुसार ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले शेयर पाएका छन् ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएका थियो ।

आवेदन दिएका २० लाखको भने हात खाली भएको विक्री प्रवन्धन कार्य प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त आईपीओमा २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

आवेदकले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । यसका साथै सानिमा लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);