राष्ट्र बैंकप्रति बारा र पर्सा वाणिज्य सङ्घद्धारा आभार व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्र बैंकप्रति बारा र पर्सा वाणिज्य सङ्घद्धारा आभार व्यक्त

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिको बारा र पर्सा उधाेग वाणिज्य सङ्घले पनि प्रशंसा गरेका छन्।कोभिड–१९ संक्रमणको बढ्दो त्रास र लम्बिदो लकडाउनकाबीच अर्थतन्त्रलाई गतिशील र जीवन्त तुल्याउन मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरूले आर्थिक जगतको मनोबल उच्च पार्न सहयोगसिद्ध हुने जनाएका छन्।

‘पुनर्कर्जा सम्बन्धी व्यवस्थाले उधाेगी व्यवसायीलाई मद्दत पुर्याउने विश्वास लिइएको छ’, संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘कर्जा स्रोत परिचालन अनुपात वृद्धिले तरलता वृद्धि गर्न मद्दत गर्ने विश्वास छ।’

दुबै सङ्घले दिइएका सुझावहरूलाई मौद्रिक नीतिमा समावेश गरेको भन्दै राष्ट्र बैंकप्रति आभार व्यक्त गरेका छन्। राष्ट्र बैंकले गएको साता ल्याएको मौद्रिक नीतिलाई उद्योगी, व्यवसायीदेखि अर्थविद्हरूले यसअघि नै प्रशंसायोग्य भएको प्रतिक्रिया दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);