राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैनः गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्र्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताउनुभएको हो । उहाँले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताउनु भयो । उहाँले मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै राष्ट्र बैंक सीमा भन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको बताउनु भयो ।

गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने उल्लेख गर्नुभयो । उहाँले राष्ट्र बैंकले व्यवसायी स्वार्थका विषय कसैको केही कुरा नसुने बताउनु भयो । उहाँले मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हीतमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गर्ने बताउनु भयो। गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताउनु भयो। उहाँले राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको हीतमा आवश्यक नीतिगत निर्णय गरिरहेको दाबी गर्नुभयो।

गभर्नर अधिकारीले नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोका कयौं विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको बताउनु भयो । उहाँले बैंक, व्यवसायी लगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउनका लागि राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको उल्लेख गर्नुभयो। उहाँले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेपनि अन्य देशको तुलनामा निकै सहज भएको पनि बताउनु भयो ।
उहाँले राष्ट्र बैंक मौद्रिक नीतिका त्रैमासिक समिक्षा वैशाख महिनाको अन्तिमसम्म गरिसक्ने तयारी गरिरहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);