रोकिएन सेयर बजारको ओरालो यात्रा | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौँ । लगातार घटिरहेको सेयर बजारको ओरालो यात्रा आजपनि रोकिएन् । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक १९.१२ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा ६० करोड ८१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ । आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र इस्तन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् । साथै, एनएमबि ऋणपत्र र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);